काठमाडौं । नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका तीन जना मन्त्रीले राजिनामा दिने भएका छन् । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागि बनेका तीन जना मन्त्रीलाई सोमबार सम्म राजिनामा गराउने निर्णय गरेको छ ।
एमालेले तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको प्रक्रियामा सहज वातावरण बनाउने निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १६ : ३२
लेखकबाट थप