काठमाडौं । प्रिमियर लिगमा लण्डन क्ल चेल्सी रेलिगेसन जोनमा रहेको वेष्ट ब्रोमसँग घरेलु मैदानमै पराजित भएको छ । शनिबार भएको खेलमा सुरुवाती अग्रता लिएपनि १० खेलाडीमा सिमित चेल्सी वेस्ट ब्रोमसँग ५-२ ले पराजित भएको हो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि थिएगो सिल्भा दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो ।
त्यसको फाइदा वेष्टब्रोमले राम्रोसँग उठायो । पहिलो हाफको इन्जुरी टाइममा वेष्टब्रोमका लागि कोस्टा म्याथुस पेरेरा बराबरी गोल फर्काए । इन्जुरी टाइमकै चौथो मिनेटमा पेरेराले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा वेस्टब्रोमले २-१ को अग्रता बनायो ।
६३ औं मिनेटमा क्यालम रोबिन्सन र ६४ औं मिनेटमा डायग्नेले गोल गरेपछि वेस्टब्रोमले ४-१ को अग्रता बनायो । खेलको ७१ औं मिनेटमा चेल्सीका मेसन माउन्टले गोल गर्दै खेललाई ४-२ को स्थितिमा पुर्याए ।
तर इन्जुरी टाइममा रोबिन्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि वेष्टब्रोमले ५-२ को शानदार जित हात पार्यो ।हारपछि ३० खेलबाट ५१ अंकसहित चेल्सी चौथो स्थानमा यथावत छ । जितपछि ३० खेलबाट २१ अंक जोडेको वेष्टब्रोम पुछारबाट दोस्रो अर्थात १९औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमालको शतकको बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग पराजित
नेपाल ए आयरल्यान्डसँग पराजित