काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । आज एक कार्यक्रम विच उक्त संझौता सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरे ।
शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह विच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे ।
उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताए । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता
मुख्यमन्त्री लामाद्वारा नीति आयोगका अध्यक्ष नेपालसँग करार सम्झौता