तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि ल्याइन्छ : ओली

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०७७, १६ : १२
तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि ल्याइन्छ : ओली

काठमाडौं । एकादेशको कथाजस्तो बनिरहेको मेलम्चीको पानी काठमाडौँको धारामा आइसकेको छ । मेलम्चीको पानी झरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताए।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘२०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याइन्छ । 

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले त्यसलाई मेलम्चीको नाम नदिने बताए । उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा समय  लाग्न दिनुहुँदैन ।’


 

प्रतिक्रिया दिनुहोस