एमालेको नेपाल–खनाल समुहको आज स्थायी समिति बस्दै, ओली विरुद्ध थप रणनिति बनाइने

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०७७, ०८ : ४६
एमालेको नेपाल–खनाल समुहको आज स्थायी समिति बस्दै, ओली विरुद्ध थप रणनिति बनाइने

काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल समुहले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेको लागि बोलाईएको एक नेताले जनाएका छन् । 

नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो । नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ ।

उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् । एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए। नेपाल–खनाल पक्ष अहिले देशव्यापी समानान्तर संरचना बनाउने क्रममा छ।

प्रतिक्रिया दिनुहोस