झन्डै १ साता धुवाँ र धुलोको तुवालोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएकोछ।
जनस्वास्थ्यका लागि ‘घातक’ मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ। तर पनि वायु प्रदूषण ‘अस्वस्थकर’ तहमै रहेको छ।
राजधानीको भैंसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक(अक्वा) ४ सय माथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौंको वायुको गुणस्तर (एक्वा) १६०को हाराहारीमा झरेको देखाए।
वायु प्रदूषणको मात्रा नाप्ने इन्डेकस (अक्वा) १५० अंकदेखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ ।
एक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वको मापन गरिन्छ ।
प्रदूषण मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माक्रोमिटर तथा सो भन्दा सानो व्यास भएका सुक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा व्यास भएका कणहरूलाई पीएम १० को रुपमा नापिन्छ।
बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणहरूलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो। बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० चैत्र २०७७, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
दिल्लीका कयौँ क्षेत्रमा खतराको स्तरमा पुग्यो वायु प्रदूषण
दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण
वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण, आज ५० औं स्थानमा
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे