नयाँदिल्ली । बुधबार भारतको राजधानी दिल्लीका कयौँ क्षेत्रमा वायु प्रदूषणको स्तर लगातार खतरनाक स्तरमा पुगेको छ । बिहानै यसको प्रभाव धेरै क्षेत्रमा प्रस्ट देखिन थालेपछि मानिसलाई आँखामा जलन हुनुका साथै सास फेर्न गाह्रो भएको थियो ।
बिहान १० बजे आनन्द बिहारमा एक्युआई ४०६ सम्म पुगेको केन्द्रीय प्रदूषण बोर्ड अर्थात् सीपीसीबीले भनेको छ । दिल्लीको व्यस्त क्षेत्र यो ३६७ रेकर्ड भएको थियो । रोहिणीमा राति १० बजे वायु प्रदूषणको स्तर निकै खतरनाक स्तरमा पुगेको छ, उक्त क्षेत्रमा एक्युआई ३९४ रेकर्ड गरिएको छ ।
सीपीसीबीका अनुसार, एक्यूआई ४०० माथि उक्लिनु गम्भीर मानिन्छ । यसले स्वस्थ मानिसहरूलाई पनि असर गर्छ र कुनै पनि रोग भएकाहरूलाई त झन् गम्भीर असर गर्छ। एक्यूआई ३०० देखि ४०० को बीचमा भएको स्थानमा धेरै बेरसम्म बस्दा मान्छेलाई श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
हावाको गतिले घटायो वायु प्रदूषण
कहिले हट्छ काठमाडौँको वायु प्रदूषण ?
पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन