दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १३ : २३
दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर लगातार खस्किँदै गएको छ । मंगलबार बिहान पनि दिल्लीका धेरैजसो स्थानहरूमा वायुको गुणस्तर ‘धेरै खराब’ रेकर्ड भयो ।

मंगलबार, दिल्लीको एक्यूआई ३१८ थियो । यो भनेको निकै खराबको श्रेणीमा पर्दछ । राजधानीका अन्य कयौँ स्थानमा पनि एक्यूआई २७८ देखि ३८७ सम्म मापन भएको थियो ।

विगत केही वर्षदेखि, जाडो मौसममा दिल्लीको वायुको गुणस्तर लगातार खतरनाक स्तरमा पुगिरहेको छ । यसैबिच, हावाको कम गतिका कारण दिल्लीमा मात्र नभई पूरै देशमा प्रदूषण स्तर बढिरहेको दिल्लीका वातावरणमन्त्री गोपाल राईले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बताएका थिए ।