एमाले विवाद : घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, १३ : १२
एमाले विवाद : घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गरेका छन् ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।

यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस