प्रस्तावित न्यायाधीश  सुवेदीविरुद्ध सात वटा उजुरी,योग्यता र फैसलाहरूमा प्रश्न

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, १२ : ५६
प्रस्तावित न्यायाधीश  सुवेदीविरुद्ध सात वटा उजुरी,योग्यता  र फैसलाहरूमा प्रश्न

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश नहकुल सुवेदीविरुद्ध सात वटा उजुरी परेका छन् । आज बसेको समितिको बैठकमा समितिले आह्वान गरेअनुसार प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । अर्का न्यायाधीश कुमार चुडालविरुद्ध भने एउटै उजुरी पनि नपरेको समितिले जनाएको छ । 

चुडालविरुद्ध परेका सात मध्ये २ उजुरी गोप्य र ५ वटा खुला रहेका छन् । उजुरीमा सुवेदीको योग्यता नपुगेको र उनले गरेका फैसलाहरूमा प्रश्न उठाइएको छ । 

उजुरीका सम्वन्धमा समितिले आगामी चैत २२ गते उजुरी कर्तालाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । त्यस्तै २५ गते सुवेदीलाई बोलाएर छलफल गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस