कोरोना संक्रमण तिब्र बनेसंगै फ्रान्समा पुनः लकडाउन

एजेन्सी

विहीबार, १९ चैत्र २०७७, ०८ : ५८
कोरोना संक्रमण तिब्र बनेसंगै फ्रान्समा पुनः लकडाउन

एजेन्सी । कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि फ्रान्समा लकडाउन गरिएको छ । फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका छन्। म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरेका हुन् ।

शनिबारदेखि लागु हुने लकडाउन  एक महिनासम्म रहनेछ। राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए। म्याक्रोंले देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताएका छन् ।

फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ। पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको गति सुस्त भएकाले नयाँ भेरियन्टसहित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको छ । अहिले फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन्।
 

प्रतिक्रिया दिनुहोस