काठमाडौं । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ ।
नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो ।
त्यसैगरी एक सातासम्म रातको समयबाहेक अन्य समयमा ठूला मालबाहक सवारी साधन पनि चलाउन रोक लगाइएको नगर प्रमुख बस्नेतले जानकारी दिनुुभयो । मालबाहक ठूला सवारी साधन साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालन हुन् पाउने छन् ।
नगरपालिकाले कार्यपालिकाको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई निर्देशनसमेत दिएको छ । नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई पनि अनुरोध गरेको छ ।
वायु प्रदूूषण बढेपछि सरकारले चार दिनका लागि शिक्षण संस्था बन्द गरेको छ । शुक्रबारसम्मका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । वायुु प्रदूूषणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।
गत शुक्रबारदेखि धुम्लिएको काठमाडाँै उपत्यकाको आकाश अझै खुल्न सकेको छैन । मौसमविद्ले ठूलो हावाहुरी र पानी नपरेसम्म वायुमण्डलमा सुधार नआउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १८ चैत्र २०७७, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
दिल्लीका कयौँ क्षेत्रमा खतराको स्तरमा पुग्यो वायु प्रदूषण
दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण
वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण, आज ५० औं स्थानमा
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे