सुर्खेत । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् ।एमालेले चैत २२ गते र माओवादी केन्द्रले २१ गते बैठक बोलाएको हो । माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीका अनुसार दलको विधान पारित, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वास प्रस्ताव र दलभित्रको नयाँ जिम्मेवारीबारे छलफल हुनेछ ।
कर्णालीका मुख्यमन्त्री शाही माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । कर्णालीमा नेकपा एमालेका बहुमत सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
अब सरकार बचाउन मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । प्रदेशसभाको बहुमत सदस्यले विश्वासको मत दिएमा मात्र उनको सरकार कायम रहन्छ ।
त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन सूचना गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । बैठकमा सरकार गठनबारे छलफल हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, १६ : १४
लेखकबाट थप