मकवानपुर । नेकपा एमाले संसदीय दलको विधान संशोधनका लागि समिति निर्माण गर्दै बागमती प्रदेशको पार्टी संसदीय दलको बैठक सकिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल समूहको तर्फबाट प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले आफ्नो धारणा राखेकी थिइन् ।
बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले विगतका कमि कमजोरीलाई त्यागेर अघि बढ्नु पर्ने धारण व्यक्त गरेका थिए । उनले अहिलेको परिस्थितिमा नेकपा एमाले आपसमा विवाद खडा गरेर समस्यामा फस्नु भन्दा आफूलाई सच्याएर पार्टी र जनताको हितका लागि काम गर्नुपर्ने बताए ।
बैठकमा आफ्नो धारणा राख्दै नेतृ शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नु पर्ने धारण राखेकी थिइन् ।उनले आफूहरु एकताको पक्षमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउनकै लागि मुख्यमन्त्री पौडेल विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिएको बताइन् ।
उनले कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई लत्याएर विधि र विधान मिच्दै अघि बढ्दा कम्युनिष्ट पार्टी धरासायी बनेको बताइन् ।नेकपा एमालेलाई जनताले विश्वास गरेर बहुमत दिएको भएपनि सरकारले जनता हितमा काम गर्न नसकेको धारणा व्यक्त गरिन् ।
बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएका कारणले सो विषयमा छलफल नभएको नेकपा एमालेका प्रमुख सचेतक केशव राज पाण्डेले बताए ।
बैठकले पाण्डेको नेतृत्वमा ३ जना सदस्य रहने गरी नेकपा एमाले बागमती प्रदेश संसदीय दलको विधान संशोधन समितिसमेत गठन गरेको छ । समितिको सदस्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन् । ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, १५ : ५४
लेखकबाट थप