यस्तो छ एमालेको महाधिवेशन आयोजक समिति (नामावलीसहित)

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, १३ : १८
यस्तो छ एमालेको महाधिवेशन आयोजक समिति (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको दशौं बैठकले १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ ।

परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् । तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ । २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली देहाय बमोजिम रहेको छ । 


प्रतिक्रिया दिनुहोस