नेप्से परिसूचक ५.४५ अंकले घट्यो , चार अर्ब बढीको कारोबार

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, १५ : २४
नेप्से परिसूचक ५.४५ अंकले घट्यो , चार अर्ब बढीको कारोबार

काठमाडौं । नेप्से परिसूचक सोमबार ५.४५ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से २५४३.५२ विन्दुमा रोकिएको छ । आज  ९१ लाख ३८ हजार ९३५ कित्ताको किनबेचमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज चन्द्रागिरिको शेयर मूल्य ३४ दिन पछाडि पहिलो पटक ७.१६ प्रतिशतले घटेको छ ।आज २०९ ओटा कम्पनीको शेयर कारोबारमा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रकचर बैंक रहेको छ ।

इन्फ्रास्ट्रकचरको शेयर कारोबार ४४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, अपर तामाकोशीको शेयर कारोबार ३८ करोड रुपैयाँ बराबरको भएको छ ।चन्द्रागिरिको कारोबार रकम ३७ करोड रुपैयाँ बराबरको भएको छ । आज जलबिद्युत, लघुवित्त, फाइनान्स बाहेक सबै समूहको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस