काठमाडौँ । विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि विश्वव्यापी बोलपत्र गरेपछि प्रक्रिया सुरु भएको हो ।
साझाले शुक्रबार ४५ दिने बोलपत्र जारी गरी प्रक्रिया अघि बढाएको हो । नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिदका लागि बोलपत्र आह्वान गरिएको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए ।
उनका अनुसार ४५ दिनपछि प्रस्तावहरूको मूल्याङ्कन गरी छिट्टै सम्झौता गरिने छ । करिब छ÷सात महिना बस निर्माण गर्न लाग्ने छ । ढुवानीलगायतको समय राख्दा एक वर्षभित्र बस सञ्चालन गर्न सकिने साझा यातायातले जनाएको छ । २०७५ पुसमा तीन सयवटा विद्युुतीय बस सरकारी लगानीमा किन्ने निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०७७, ०८ : ५१
लेखकबाट थप