काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी २५ चैत हुने निर्वाचनको उम्मेदवारी मनोनयको काम सक्किएको छ । चुनावमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारीको एउटा टिमसहितका एक दर्जन पत्रकारहरुको संगठनको तर्फवाट विपुल पोख्रेलको नेतृत्वको टिम र प्रेस चौतारीको अर्काे टिमबाट निर्मला शर्माको नेतृत्वमा उम्ेमदवारी परेको छ ।
यसका अलावा अध्यक्षमा अन्य थप ४ जनाले पनि उम्मेदवारी दर्ता गराएका छन् । गजेन्द्रसिंह वुढाथोकी, दिपक पाठक र रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा पोख्रेलको टिमबाट प्रेस संगठनका नेता रोशन पुरीको उम्मेदवारी परेको छ । प्रेस चौतारीको एउटा टिमले भने बालकृष्ण बस्नेतलाई उम्मेदवार बनाएको छ । महासचिवमा राजेश मिश्र र सुवोध गौतमले पनि उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । धु्रब लम्साल, रामजी दाहाल, रमेश विष्ट, माधव नेपालको उपाध्यक्षमा उम्मेदवारी परेको हो । चुनाव चैत २५ मा हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध गर्नेले चैत १७ गते दिउँसो १ वजे सम्ममा उजुरी राख्न पाउने निर्वाचन समितिले निकालेको कार्यतालिकामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०७७, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
असार दोस्रो साता पत्रकार महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न ६ संगठनको माग
नेपाल पत्रकार महासंघको चुनाव सर्ने
कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिनु प्रतिशोधपूर्ण छ : पत्रकार महासंघ
पत्रकार महासंघको २७ औँ महाधिवेशन : १८ बुँदे काठमाडौँ घोषणापत्र जारी