आज रङहरुको पर्व होली मनाइँदै , स्वास्थ्य सावधानी अपनाएर रङ खेल्न सरकारको आग्रह

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, ०७ : २९
आज रङहरुको पर्व होली मनाइँदै , स्वास्थ्य सावधानी अपनाएर रङ खेल्न सरकारको आग्रह

काठमाडौं । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ ।

होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार भव्यताका साथ मनाइन्छ ।

मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । यो वर्ष पनि यही चेत्र ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जाइन्छ ।

यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।

 

प्रतिक्रिया दिनुहोस