एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ११ : ५६
एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले “एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड’ शुरू गरेको छ। भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्ने र बिना झन्झट इ–कमर्स भुक्तान गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकहरूको लागि ३५ दिनका  ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस