काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने बताउनुभयो ।
नेता सिंहले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ चैत्र २०७७, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह