आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, ०८ : १९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । राति पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने छ । 

पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस