फिल्म ‘जार’ मा सौगात मल्लको मुख्य भूमिका

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १६ : ०८
फिल्म ‘जार’ मा सौगात मल्लको मुख्य भूमिका

file Photo

काठमाडौँ । नेपाली फिल्म ‘जार’ निर्माण हुने भएको छ । फेरि टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टसको ब्यानरमा फिल्म बन्न लागेको हो । 

सौगात मल्ल र अनुप विक्रम शाहीको मुख्य भूमिका रहने फिल्म सत्य कथामा आधारित भएर बन्न लागेको बताइएको छ । फुर्वा छिरिङ लामाको निर्देशन रहने फिल्मको बुधबार सिक्किमदेखि छायाँकन सुरु हुँदैछ । 

भारतीय कलाकारको समेत अभिनय रहने जार फिल्म दशैं र तिहारको बीचमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्देशक लामाले बताए ।  ‘जार’को कथा इन्द्रबहादुर राईले लेखेका हुन् । फिल्ममा सौगात र अनुपसँगै गिताञ्जली थापाको पनि मुख्य भूमिका रहने छ । 

प्रतिक्रिया दिनुहोस