जन पत्रकार संगठन चितवन सिग्देलको नेतृत्वमा निर्वाचनमा जाने

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १२ : २५
जन पत्रकार संगठन चितवन सिग्देलको नेतृत्वमा निर्वाचनमा जाने

चितवन । जन पत्रकार संगठन चितवनले पत्रकार महासंघको निर्वाचनमा प्रकाश सिग्देलको नेतृत्वमा पत्रकार महासंघमा जाने निर्णय गरेको छ । संगठनका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा पत्रकार महासंघ चितवनको हलमा बसेको बैठकले सिग्देलको नेतृत्वमा राष्ट्रवादी शक्तिहरुसंग सहकार्य गरेर जाने निर्णय गरेको हो । 

नेकपा चितवका इन्चार्ज प्रयास र जनस्वास्थ्यकर्मी महासंघका महासचिव डा प्रकाश चन्दको  विशेष आतिथ्यतामा बसेको बैठकले वर्तमान अध्यक्ष होमनाथ न्यौपानेलाई केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने, प्रकाश आचार्यलाई केन्द्रीय सदस्यको वैकल्पिक उमेदवार बनाउने र सरोज उपरकोटीलाई जिल्ला महासंघमा दलित कोटाबाट उम्मेदवार उठाउने निर्णय गरेको छ  । 

संगठनले सूर्य बरालको संयोजकत्वमा ११ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको छ । चैत १७ गते नेपालको रुपान्तरणका लागि वैज्ञानिक समाजवादी ब्यवस्था विषयक साक्षात्कार कार्यक्रम पनि आयोजना गरेको छ ।

राष्ट्रवादी सबैखाले शक्तिहरुसंग मिलेर जाने तर राष्ट्रघातीहरुसंग कुनै पनि हालतमा सहमति र सहकार्य नगर्ने गरी संगठनका आफ्ना कार्यक्रम र योजनाहरु अगाडि बढाउन नेकपा चितवका ईन्चार्ज प्रयासले निर्देशन दिएका छन् । हार सहेर नामेट हुन तयार रहने तर राष्ट्रघातीहरुसंग सहकार्य गर्न तयार नहुने गरी राष्ट्रवादीहरुसंग मिलेर जाने विषयमा सहकार्य गर्न पनि प्रयासले निर्देशन दिए । 

पत्रकारसम्वद्ध राष्ट्रवादी संघसंगठनसँग सहकार्यका लागि पहल गर्न डा. प्रकाश चन्दलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस