भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरासहित एक जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १० : ५९
भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरासहित एक जना पक्राउ

काठमाडौँ । भारतबाट लुकाईछिपाई ल्याइएको अवैध मदिरासहित एक जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद भएको हो । 

चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्योदय नगरपालिका –२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।प्रहरीका अनुसार उनको साथबाट प्रहरीले ८४ बोतल ‘सिक्किम गोल्डेन’ र ११ बोतल ‘फायरबल’ मदिरा बरामद गरेको छ । 

प्रहरीले झापाबाट बरामद गरेका मदिरा आन्तरिक राजश्व कार्यालय चन्द्रगढीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस