आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, ०८ : १८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम विज्ञान महाशाखाले सोमबार सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सोमबार मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेने छ । गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस