नेकपा एमालेको असन्तुष्ट पक्षका ३८ सांसदले ओलीलाई बुझाए असहमतिपत्र (पत्रसहित)

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १४ : ०९
नेकपा एमालेको असन्तुष्ट पक्षका ३८ सांसदले ओलीलाई बुझाए असहमतिपत्र (पत्रसहित)

काठमाडौं ।  खनाल–नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाइएका छन् । सो असहमतिपत्र बुझाउन नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत बालुवाटार पुगेका थिए । 

बालुवाटार परिसरमा सञ्चारकर्मींहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ३८ सांसदको बैठकले निर्णय गरेअनुसार ५ बुँदे असहमतिपत्र ओलीसमक्ष पेश गरेको बताए । पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति असहमति जनाइएको छ ।

यस्तै बैठक विधि र विधानसम्मत नभएको, एमालेको नवौं महाधिवेशनबाट पारित भ्एको विधानअनुसार कामकाराहीअनुसार नभएको, संसदीय दलको बोर्ड गठन गर्ने कुरा विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटीले अनुमोदन गरेपछि हुनुपर्ने,  दलको बैठक संसदीय दलको कार्यालय र संसद भवनमा मात्रै राख्नुपर्ने लगायतका विषय असहमतिपत्रमा समेटिएको छ ।

यी कुराहरु नहुँदासम्म आफूहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने पत्रमा उल्लेख गरिएको छ । ओली पक्षको संसदीय दलको बैठक चल्दै गर्दा ३८ सांसदको हस्ताक्षरसहित उनीहरु बालुवाटार पुगेका थिए ।

संसदीय दलको बैठकमा सोम पाण्डेले असमतिपत्र प्रस्तुत गरेको थिए । सो पत्रबारे ओलीले गठन गरेको संसदीय बोर्डमा छलफल हुने बताइएको छ। 

 

प्रतिक्रिया दिनुहोस