काठमाडौँ । ग्रीन कफी खाएपछि सातामा १३ किलोसम्म वजन घट्छ भन्दै ठगी गर्ने पक्राउ परेका छन् । मोटोपन घटाउँने औषधिको नाममा ‘ग्रीन कफी’ बेचेर ठगी गर्ने एक विदेशीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटशलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ब्यूरोले नयाँबजारबाट पक्राउ गरेको हो ।
आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत रहेको प्रहरीले जनाएको छ । आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै भ्रामक प्रचार गराएको प्रहरीले जनाएको छ ।
आचार्यले ग्रीन कफी खाएपछि विना औषधि, बिना व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलोसम्म वजन घट्ने भन्दै भ्रामक प्रचार सामाजिक सञ्चालमा पोष्ट गरेका थिए ।
आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १२ वटा जुटको बोरामा राखिएको हरियो कफी ६ सय ४४ केजी, तयारी अवस्थाको १०० ग्राम हरियो कफी, २ हजार ८ सय २२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।
यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैयाँ र २ थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको सीआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, ११ : १३
लेखकबाट थप