भरतपुरको हाटबजारमा विद्युतिय कारोबार क्यूआर कोड मार्फत भुक्तानी

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, ०८ : ५४
भरतपुरको हाटबजारमा विद्युतिय कारोबार क्यूआर कोड मार्फत भुक्तानी

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा संञ्चालन हुँदै आएको हाटबजारमा सामान किन्दा क्यूआर कोड मार्फत भूक्तानी बुझाउन सकीने भएको छ । माछापुच्छ्रे बैंकले हाटबजारमा व्यवसाय गर्नेहरुलाई क्यूआर कोड उपलव्ध गराएसंगै सामान खरिद गर्दा नगद नभए पनि चल्ने भएको हो ।

क्यूआर कोड मार्फत खरिद गर्दा उठेको रकम व्यवसायीको खातामा जम्मा गर्न सहजै सकीने छ । बैंकको डिजिटल बैंकीङ सेवा मार्फत यो सुबिधा सञ्चालनमा ल्याइएको हो । बैंकले बजारमा रहेका १ सय ६३ वटा पसललाई कोड उपलव्ध गराएको हो ।

बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाले हाटबजार बिकास व्यवसायी संघ चितवनका अध्यक्ष लालवहादुर रायलाई कोड हस्तान्तरण गर्नु भएको हो । यस कोडको प्रयोग गरि रकम भुक्तानी गर्दा सोझै व्यवसायीको खातामा रकम जम्मा हुने कोइरालाले बताए ।

किन लिने नगदको लोड प्रयोग गरौ क्यूआर कोड भन्ने नाराका साथ सुरु गरिएको यस अभियनाले सेवाग्राहीलाई रकम तिर्न र व्यवसायीलाई बचत गर्न सहज हुने उनले बताए । माछापुच्छ«े बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यका साथ यो सेवा सुरु गरेको हो । देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्युआर कोड सेवा सुरुवात गरिएको उनले बताए ।

प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मतिप्रदेश को चितवन कृषि हाटबजार, विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपालयातायात, मुक्तिनगर यातायात, पूर्वि चितवनयातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवनमा यो सेवा सुरु गरिएको छ । त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ती होम स्टेमागरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्युआर कोड सेवा सुरु गरेको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउदै आएको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ । डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका प्रबिधि ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस