चाल्नाखेलमा मृत फेला परेका दुई किशोरको सनाखत

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ४३
चाल्नाखेलमा मृत फेला परेका दुई किशोरको सनाखत

काठमाडौं ।  दक्षिणकाली नगरपालिका चाल्नाखेलमा मृत फेला परेका दुई किशोरको सनाखत भएको छ । 

शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा दुई किशोरको शव फेला परेको हो। प्रहरीका अनुसार मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढा बस्ने १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भई असन बस्ने १७ वर्षीय मंगल तामाङ हुन् । प्रहरीले घटनास्थलबाट दुई वटा विषको बट्टासमेत बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूको परिवार सम्पर्कमा आएपछि शव सनाखत भएको हो। दुबै कक्षा १० का विद्यार्थी हुन् । 

 

प्रतिक्रिया दिनुहोस