काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०७७, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो