चोरीनिकासी गर्न लागिएको ५८.४० क्यूफिट काठ प्रहरीको नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १२ : १२
चोरीनिकासी गर्न लागिएको ५८.४० क्यूफिट काठ प्रहरीको नियन्त्रणमा

file-photo

जनकपुरधाम । सर्लाही प्रहरीले चोरीनिकासी गर्न लागिएको ५८.४०  क्यूफिट काठ नियन्त्रणमा लिएको छ ।

जिल्लाका हरिपुर नगरपालिका १ स्थित जानकीनगरमा को २ त ८४९६ नम्बरको ट्याकटरमा लोड गरी राखेको उक्त काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार सालको ७ वटा गोलिया र २६ वटा चिरेको काठ ट्याक्टरमा लोड गरेको पाइएको छ ।

उक्त काठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वन डिभिजन कार्यालय लालबन्दी सर्लाहीमा बुझाएको कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस