काँग्रेस नेता जोशीको उपचारमा सरकारले सहयोग गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १० : ५५
काँग्रेस नेता जोशीको  उपचारमा सरकारले सहयोग गर्ने

काठमाडौं । मस्तिष्कघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको  स्वास्थ्य अवस्था गम्भीर देखिएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी छ ।

उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी छ । जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।

उनको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पताल कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । पोखरेललाई नर्भिक अस्पतालका  चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएका थिए । 

 

प्रतिक्रिया दिनुहोस