आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, ०८ : ५०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रमा सफा रहने जनाएको छ ।

अहिले पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका क्षेत्रमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण विशेष गरि पहाडी क्षेत्रको मौसम प्रभावित हुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस