‘ए साथी सुन’ को छायाँकन हेटौँडाबाट सुरु

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १६ : ५८
‘ए साथी सुन’ को छायाँकन हेटौँडाबाट सुरु

काठमाडौंँ । अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन मंगलबार हेटौँडाबाट सुरु भएको छ । अभिनेत्री बर्षाले क्ल्याप बोकेको तस्बिर सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु भएको जानकारी दिएकी हुन् । 

बिना कार्कीको निर्माण रहने फिल्ममा बर्षाको अलवा नवअभिनेता रमेश बानियाँको मुख्य भूमिका रहनेछ । सस्पेन्स थ्रिल श्रीआइभिएन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म प्रेमकथा र समसामयिक बिषयमा निर्माण हुन लागेको हो । 

मदनकृष्ण महर्जनको छायाँकन र  ईश्वर घिमिरे प्रोडक्सन रहेको फिल्मका निर्देशक राधव आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस