कोरोना अपडेट : मंगलबार थपिए १ सय १४ कोरोना संक्रमित, ९४ जना भए डिस्चार्ज

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १६ : ३०
कोरोना अपडेट : मंगलबार थपिए १ सय १४ कोरोना संक्रमित, ९४ जना भए डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ४ सय ९५, पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १४ रहेको छ ।