काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा आइतबार राति टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिपर राति ९ बजे दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुर्घटनामा टिपरका चालक मकवानपुरको भिमफेदी–२ का २५ वर्षीय विनोद बलको मृत्यु भएको हो । टिपर सडकबाट करिब ६ सय मिटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु
टिपर दुर्घटना: १ जनाको मृत्यु, चितवनका दुई सहित चार जना गम्भीर घाइते
माग्दीको बुक्लामा टिपर दुर्घटना, दुईजनाको मृत्यु
बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु