मकवानपुरमा यात्रुवाहक बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु, १० जना घाईते

सफल खबर संवाददाता

शनिबार, २९ फागुन २०७७, ०८ : ३३
मकवानपुरमा यात्रुवाहक बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु, १० जना घाईते

मकवानपुर । पुर्व पश्चिम लोकमार्गको मकवानपुर मनहरी–६ स्थित सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ ।  १० जना घाइते भएका छन् ।  उक्त दुर्घटना हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना.६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।

बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बस र ट्रकमा यात्रारत १० जना यात्रुको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस