नेपाली मुलका भारतीय फुटबलर सुनिल क्षेत्रीलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १३ : ५५
नेपाली मुलका भारतीय फुटबलर सुनिल क्षेत्रीलाई कोरोना संक्रमण

काठमाडौं । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री कोरोना भाइरसबाट संक्रमित भएका छन् । क्षेत्रीले ट्वीटमार्फत आफ्ना फ्यानहरुलाई यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना भाइरस संक्रमण भएको छ । तर, म राम्रो महसुस गरिरहेको छु र भाइरसबाट निको हुँदैछु र चाडैं फुटबल मैदानमा फर्कनेछु,’ क्षेत्रीले लेखेका छन् ।

बेंगलुरु फुटबल क्लबका समेत कप्तान रहेका सुनिलले यस सिजन क्लबका लागि इन्डियन सुपर लिगका २० खेलमा ८ गोल गरेका थिए । यद्यपी, बेंगलुरुका लागि यो सिजन खासै राम्रो हुन सकेन ।

बैंगलूरु लिगको प्लेअफमा स्थान बनाउन असफल भयो, समग्रमा २० खेलबाट केवल २२ अंक बटुलेर यो क्लब सातौं स्थानमै सिमित भयो । भारतको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शीर्ष १० भित्र पर्छन् । 

अहिले सक्रिय खेलाडीको सुची निकाल्ने हो भने उनी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि दोस्रो स्थानमा आउँछन् । समग्रमा सुचीको दोस्रो स्थान तथा अहिले सक्रिय मध्ये पहिलो स्थानमा रहेका रोनाल्डोले पोर्चुगलका लागि १ सय २ गोल गरेका छन् ।

उनीभन्दा धेरै अन्तर्राष्ट्रिय गोल इरानका पूर्व फुटबलर देई अलीले मात्रै गरेका छन्, अलीले आफ्नो सक्रिय फुटबल करियर ९१९९३–२००६० सम्म करियरमा १ सय ९ अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

१२ जून २००५ मा भारतीय टोलीबाट डेब्यु गरेका सुनिलले अहिलेसम्म ७२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस