सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, ११ : ०६
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय घट्दोबढ्दो क्रममा रहेको सुनको मूल्य शुक्रबार घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ।
 

प्रतिक्रिया दिनुहोस