काठमाडौं । एमाले पार्टीलाई सर्वोच्च अदालतले ब्ँयूत्याईदिएपछि अहिले देशभरि नै पार्टी कार्यालयमा नेकपाको झण्डा हटाई, एमालेको बोर्ड, झंडा तथा फोटो राख्ने होडबाजी नै चलेको छ । विगतमा नेकपा हुदा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम गलत भएको भन्दै आलोचना गर्ने विरुद्ध ओली पक्षधर नेताहरु खुलेर आलोचना, टिकाटिप्पणी गर्न उद्यत भएका छन् । तर सर्वोच्च अदालतले सत्तारुढ नेकपाको विवादमा पार्टीको एकता नै नामेट गरि फैसला गरेपछि दुवै दल ३ वर्ष अघि कै स्थितीमा फर्किएको छ ।
तर उक्त फैसलाबाट केपी ओली पक्षधर अलिक बढी खुशी देखिएका छन् । तर, त्यो फैसलाले सबैभन्दा बढी डढेलो लागेको चाहिँ केपी ओली समूह र सबभन्दा बढी लाभान्वित हुनेचाहिँ प्रचण्ड पक्ष नै हो । वास्तवमा प्रचण्डका लागि अहिले सर्वोच्च अदालतबाट भएको फैसला ‘बम्पर उपहार’ जस्तै बन्न पुगेको छ । किनभने मिलेर केपी ओली नेतृत्वको एमालेले १२१ सिट ल्याएजस्तै माओवादी केन्द्रले ०७४ को निर्वाचनमा एक्लै जाँदा ५३ सीट ल्याउने थिएन । अब त्यो ५३ सीट लिएर प्रचण्ड जहाँ पनि जानसक्ने अवस्थामा पुगेका छन् । राजनीतिक क्षेत्रमा अहिले प्रचण्ड, कांग्रेस र जसपा मिल्ने सम्भावना पनि बलियो बन्दै गएको छ । अब कांग्रेसले पनि पुरानो कुरा हेरेर बस्दैन । नेकपा पूरै नफुटेको अवस्थामा ऊ चूप लागेको थियो ।
तर, एमाले सर्लक्कै व्युँतिएपछि फेरि पनि कांग्रेसले ऊसँगै मुकाबिला गर्ने भयो । यसका निम्ति भोलि फेरि कांग्रेस माओवादीसँगै मिल्ने भयो । अर्थात्, नेपाली राजनीतिमा निर्णायक अवस्थामा पुनः प्रचण्ड फर्किएका हुन् । उनी त्यो साँचो जसरी, जताबाट निकाल्यो, राजनीति त्यतैबाट अगाडि बढ्ने बिन्दुमा अहिले मुलुक छ । र, यसबाट सबभन्दा बढी घाटा र प्रताडनाको शिकार हुनुपर्नेचाहिँ एमाले नै हो, अझ बढी केपी ओली नै हो । एमाले नेताहरुको बुझाई छ, केपी ओली आफैँले गराएको एकता टिकाउन नसक्नु उनको सबभन्दा ठूलो अयोग्यता हो । साविक एमालेका एकजना पदाधिकारीले भने, ‘परिस्थिति उल्टिएर ०७५ जेठ ३ अगाडिमा पुग्दा पनि सबभन्दा बढी हार्ने केपी ओली नै हो ।’
उनको भनाइ छ– ‘०७५ जेठ ३ देखि केपी, माधव दुबैले पार्टीको नाम नेकपा नै भन्थे । त्यसमाथि एमालेको अन्त्य केपी ओलीकै हस्ताक्षरबाट भएको हो । र, पार्टी एकता पनि उनैबाटै गराइएको हो । त्यसैले फेरि एमाले व्युँतिने नाममा उनी सबभन्दा बढी पराजित हुन पुगेका छन् । कारण हो, ०७४ को निर्वाचनपछिका सम्पूर्ण प्रक्रियामा केपी ओली एक्लै हावी हुनु । उनले एकता एक्लै गरे, सरकार एक्लै बनाए, र ती सबै कुरा यतिबेला आएर भताभुंग भयो ।’ नेताहरु भन्छन्, ‘यो केपी ओलीको राजनीतिक अवशानको श्रृंखला शुरु हो । सतहमा उनको जीतजस्तो देखिए पनि सारमा पराजय हो ।’
तर, कम्युनिष्टहरुको बीचमा एकता हिजोमात्रै होइन, अहिले पनि आवश्यक छ । त्यो खाँचो अरुलाई भन्दा बढी केपी ओलीका लागि बढी छ । किनभने, एकता नभएको भए यत्रो तीन वर्ष चल्ने सरकार नै बन्दैन थियो । विद्या भण्डारी दोहो¥याएर राष्ट्रपति बन्ने अवस्था हुँदैन थियो । स्मरणीय छ– साविक एमाले र माओवादी केन्द्रबीचको एकता राजनीतिक पहलकदमीले भन्दा बढी दीपक भट्टजस्ता कमिशनखोर बिचौलियाहरुको पहल र स्वार्थमा भएको थियो । उनीहरुले ओली, प्रचण्ड, जनार्दन शर्मा र विष्णु पौडेलहरुलाई दायाँबायाँ साक्षी राखेर पार्टी एकता गराएका थिए । एकता गरिसकेपछि केपी र प्रचण्ड मिलेर अरु नेतालाई बोलाए ।
तर, त्यही एकतालाई अदालतले भंगमात्रै गरिदिएन, दुबै दललाई सकुशल फर्काइदियो । यस्तो हुँदा ०७५ जेठ ३ अगाडि एमाले र माओवादीका नेता जो–जो जुन–जुन पदमा थिए, उनीहरु त्यही–त्यही पदमा सर्लक्क फर्किए । फलतः अब विष्णु पौडेल महासचिव रहेनन्, ईश्वर नै महासचिव हुन् । र, यसो हुनुमा अदालतको श्रेय छ, केपी ओलीको होइन ।
पूर्वएमाले नेताहरु भन्दैछन्, ‘केपीले त भएको एकता पनि ध्वस्त पार्ने काम गरे ।’ पार्टी मिलेर प्रमुख सचेतक बनेका देव गुरुङ र सचेतक शान्ता चौधरी अब कुन हैसियतमा रहने ? राष्ट्रिय सभामा संसदीय दलको नेता, सचेतक, प्रमुख सचेतक के हुने ? एकता भाँड्न स्वदेशी, विदेशी सबै लागेकै थिए । त्यसलाई नटिकाएको पनि केपी ओलीले नै हो भन्ने ठम्याईमा अधिकांश पूर्वएमाले नेता पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)