काठमाडौं मेयर्स कपमा पारस खड्काको शतक

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १३ : ४५
काठमाडौं मेयर्स कपमा पारस खड्काको शतक

काठमाडौं । काठमाडौं मेयर्स कपमा बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् ।उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् ।

१३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए ।पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको छ ।

उसका लागि नन्दन यादवले अविजित ४२ रन जोडे भने इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।आर्मीका सोमपाल कामी एक्लैले ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस