नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १३ : ३५
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । नेता जोशी मस्तिष्काघातका कारण ११ दिनदेखि उपचाररत् छन् ।

जोशीको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिष्ट डा. राजीव झाका अनुसार जोशीको अवस्था अहिले स्थिर र जटिल छ । उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखिएको छ ।

सोमबारसम्म अवस्थामा केही सुधार देखिए पनि मंगलबार स्वास्थ्य अवस्था गम्भीर भएपछि जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको हो ।
 

प्रतिक्रिया दिनुहोस