व्यवसायी–व्यवसायी बीचको विवादको समाधन अब महासंघ भित्रै मिलाउन पहल गर्ने

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : ५२
व्यवसायी–व्यवसायी बीचको विवादको समाधन अब महासंघ भित्रै मिलाउन पहल गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सदस्य व्यवसायी–व्यवसायी बीचको विवादको समाधन अब महासंघ भित्रै खोज्ने भएको छ । सांगठनिक रुपमै अनुसाशन समिति समेत बनाएको महासंघले व्यवसायीहरु बीचको विवाद निरुपणका लागि मेलमिलाप सेवा केन्द्र स्थापना गरेको हो ।

उक्त मेलमिलाप सेवा केन्द्रको नेतृत्व महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने भएका छन् । संस्थामा आवद्ध व्यवसायीहरुलाई अनुसाशीत र मर्यादित बनाउँदै घर भित्रको झगडा घर भित्रनै समान खोजिनुपर्छ भन्ने मान्यताका साथ महासंघले मेलमिलाप सेवा केन्द्र स्थापना गरेको अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । 

व्यवसायी–व्यवसायी बीचको लेन–देनको विवाद, आपसी झैझगडाको मुद्दाको पहिलो समाधन महासंघ भित्रै खोजिने र त्यसो गर्दा पनि समाधन निक्लिन नसके दोस्रो विकल्पमा अड्डा अदालत जहाँ गएपनि हुने उनले बताए । तर, महासंघले दुई पक्ष बीचको समस्या समाधान तथा मेलमिलापका लागि हदैसम्मको प्रयास गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस