काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)अन्तिम आठमा प्रवेश गरेको छ । स्पेनिस क्लब बार्सिलोना भने यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।
बार्सिलोना पीएसजीसँग समग्रमा ५–२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोना पहिलो लेगमा ४–१ गोलले पराजित भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीका लागि खेलको ३१ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्यूरी समयमा मेस्सीले पेनाल्टी मिस गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । बार्सिलोना सन् २००६र०७ को सिजनपछि पहिलोपटक क्वाटरफाइनलमा पुग्न असफल भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २७ फागुन २०७७, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित