आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ०८ : २१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भई अरु क्षेत्रमा भने सफा रहने जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली भएको हो ।

अहिले पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ । बिहीबार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पश्चात पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस