गोपाल किराँतीको माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १६ : ३०
गोपाल किराँतीको माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले गोपाल किराँतीको अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतद्वारा फागुन २३ गतेको फैसलाअनुसार केपी शर्मा ओलीको अध्यक्षतामा रहेको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र २०७५ जेठ २३ गते अघिकै अवस्थामा कायम भएका कारण उक्त मिति पछि दर्ता भएका सोही नामका दुवै दललाई नाम परिवर्तनका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

दुवै दललाई १५ दिनभित्र सुधार सहितको विवरण आयोग समक्ष पेस गर्न जानकारी गराउन निर्वाचन आयोगले भनेको छ । 

प्रतिक्रिया दिनुहोस