ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १४ : २६
ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने

ललितपुर । ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने भएको छ । ०७२ सालको भुकम्पले क्षतीग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निमाण हुने भएको हो ।

मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरे । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भुकम्प पश्चात क्ष्तिग्रस्त बनेको थियो ।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँया ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निमाण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताए ।

भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने उनले बताए । डेढ वर्षमा सम्पन्न गरीसक्ने गरी बनाउन लागिएको भवन भुकम्प प्रतिरोधी बनाइने उनकोे भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस