भारत लैजाँदै गरेको अवस्थामा ४० कार्टुन सोफीसहित तिनजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १२ : ३५
भारत लैजाँदै गरेको अवस्थामा  ४० कार्टुन सोफीसहित तिनजना पक्राउ

काठमाडौं ।  नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार साँझ सीमावर्ती क्षेत्रबाट ४० कार्टुन सोफीसहित तीनजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर गौरबाट गएको टोलीले राजदेवी नगरपालिकास्थित ब्रह्मपुरीबाट सोफी बरामद गरेको सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर गौरले जनाएको छ । राजदेवी नगरपालिका– ९ बस्ने  ४० वर्षीय असरत महतो, सोही नगरपालिका ९ कै  २४ वर्षीय श्री महतो र सोही स्थानका  १७ वर्षीय एन महतो पक्राउ परेका हुन् । 

भारतको बिहारमा मदिरा बन्द भए पनि रौतहटसँग सीमा जोडिएका विभिन्न सीमावर्ती क्षेत्रबाट मदिरा भारततर्फ तस्करी हुने गरेको छ । बरामद गरिएको सोफी मंगलबार भन्सार कार्यालय गौरमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस