काठमाडौँ । सर्वोच्च अदालतले एमाले ब्यूत्याएदिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् ।
मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे डाकिए पनि बैठकका एजेण्डाबारे जानकारी नभएको एक मन्त्रीले जनाएका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नेछन् ।
सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।
ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि रूष्ट बनेका ती दलले ओलीलाई साथ दिएमा मात्र उनको नेतृत्वको सरकारले निरन्तरता पाउँनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार
कामको गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन